top of page

योग ध्यानको महत्व

मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन। हावाजस्तै बहन्छ,पानीभन्दा सुक्षम हुन्छ मन, कहिले मन भूतकालमा जान्छ भने कहिले भविष्य कालमा जान्छ। हम्रो मनभित्र असत्य विचारहरु आइरहेका हुन्छन् ।कतिपय ति विचारहरुले गर्दा हाम्रा मनमा तनाव उत्पन्न गराउँछ । योग ध्यान सजकतापूर्वक श्रसमा हेर्ने विधि हो। सबै प्रयत्नहरु छोडेर आफै भित्र विश्रम गर्नु हो ध्यान । ध्यान शारिरीक, मानसिक र अध्यात्मिक अभ्यास वा अनुशासनको समूह हो । स्वास्थ्य अवस्था कायम राख्न् ध्यान आवश्यक छ ।

आजको भागदौडको समयमा मानिसहरु अति व्यस्त भएकी आफुलाई निहाल्ने र्फुसद छैन । विभिन्न समय परिस्थितिमा मान्छेहरु तनाब ग्रस्त भएको देखिन्छ । यी सबै मुक्त बनाउने उपाय भनेकै योग प्राणयाम र ध्यान हो। ध्यानका धेरै फाइदाहरु रहेका छन् जस्तै:

  • ध्यानले शरीरलाई स्वास्थ बनाउने् काम गर्छ ।

  • योग ध्यानका कारण औषधि विज्ञानद्घारा नीको नभएका रोगहरु निको हुन्छन् ।

  • योग ध्यानका कारण शारीरिक, मानसिक अवस्था निर्मल हुन्छ र यही शारीरिक मानसिक अवस्था राम्रो भयो भने मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ् ।

  • योग ध्यानले तन र मनमा फुर्ति आउँछ ।

  • योग ध्यानबाट तनाव ,लत,रोग सबै सदाका लागि निवारण गर्न सकिन्छ ।

  • योग ध्यानबाट शरीरको शक्ती बढ्छ ।

  • योग ध्यानले शरीरको मांशपेसीको शक्ति बढाउँछ ।

  • नियमित योग ध्यान गरेमा शरीक महत्वपूर्ण अंगहरु जस्तै : मुटु तथा रक्तसञ्चार प्रणली मृगौला तथा मूत्र प्रणाली, पाचन प्रणाली, श्रवासप्रस्वास प्रणालीलाई स्वस्थ र नियमित कार्य गर्न सहज गराउँछ ।

  • योग ध्यानले हाम्रो चेतनाको वृद्घि गर्दछ ।

  • योग ध्यानले रिसाउने बानी बिस्तारै घटाउँदै लग्छ ।

  • योग ध्यानले गर्दा मानव जीवनमा आइपर्ने सबै स्वास्थ्य समस्याहरुलाई निवारण गर्न ठुलो भूमिका खेलेको हुन्छ र शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउन सहयोग गरेको हुन्छ् ।

  • योग ध्यानले मानिसलाई तनावमुक्त, स्वस्थ र तन्दुरुस्त देखाउँछ ।

  • योग ध्यानले हाम्रा विचलित मन र विचारलाई सान्त बनाउँछ ।

  • योग ध्यानले मानिसको स्मरणशक्ति बढाउँछ र मानिसलाई एकीकृत बनाउँछ ।

  • योग ध्यानले मानिसको इच्छाशक्ति बढाउ्छ ।

  • योग ध्यानले अहिंसा, शान्ति,चरित्र निर्माणा, नैतिक शिक्षा, मनको निग्रह, वृद्घि विकास, सत्गुण विकास तथा सम्रग जिउने तरिका सिकाउँछ ।

  • योग ध्यानले मानिसको दिमाग तिक्षण हुन्छ र कार्य क्षमता वृद्घि गर्छ ।

  • योग ध्यानले सकारात्मक सोचको विकास गर्छ ।

  • योग ध्यानबाट हाम्रो सुक्षम शरीरमा रहेका सातवटा चक्रहरुको जागरण हुन्छ ।

  • योग ध्यानले मानिसलाई अनुशासित र बोलीमा मिठास ल्याउछ ।

  • योग ध्यानले अव्यवस्थित मानव जीवनलाई व्यावस्थित गर्दछ ।

  • योग ध्यानबाट मनको क्षमता, भावनात्मक सन्तुलन र आध्यमिक उन्नति निर्भर हुन्छ ।

  • योग ध्यानले शरीरमा रोगप्रतिरोधक क्षमता बढाउँछ ।

  • योग ध्यानले आत्मविश्रास बढाउँछ , सफल बन्न र प्रतिभा प्रव्फुटन गर्न मदत गर्छ ।

  • योग ध्यानबाट निको भएको रोग फेरी बल्झिीँदैन र योग तथा ध्यानबाट कुनै पनि बेफाइदा हुँदैन ।

  • योग ध्यानले मानिसको चेतनाको वृद्धि गर्दछ ।

वन्दना, कक्षा ८

43 views0 comments

Recent Posts

See All

Comments

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
bottom of page